+977 9841872764 (विद्यालय प्रधानाध्यापक)  /  +977 9849438590 (स्पा सचिव)
dhital20@gmail.com / contact@spaa.org.np

स्पा स्थापनाका मुख्य उदेश्यहरु

वि सं २०७१ सालमा काठमाडौँ भेला मार्फत विधिवत् स्थापना भएको यस संस्थाको मुख्य उदेश्य सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई एउटै छातामा जोडि समस्त पूर्व विद्यार्थी, विद्यालय तथा समग्र पक्षको हितमा कार्य गर्नु नै हो। यस संस्था स्थापना गर्दै गर्दा संस्थाको बिधान अनुरुप  निम्न उद्देश्यहरु समाबेश भएका छन्। 

(१) प्रचलित ऐन कानून तथा नेपाल सरकारको नीति निर्देशनको अधिनमा रही सम्बन्धित निकायसँग समन्वय र सामञ्जस्य राखी सञ्चालन गर्ने गरी यस संस्थाको निम्न उद्देश्य रहनेछन् ।

(क) सम्पूर्ण सदस्यहरु बीच मेलमिलाप एकता एवं सामञ्जस्य कायम राखी उनीहरुका विभिन्न समस्याहरु सुल्झाउन प्रयास गर्ने ।

(ख) सदस्यहरुको कार्य क्षमता तथा योग्यतालाई क्रियाशील गराई सिर्जनात्मक तथा नेतृत्वदायी क्षमताको विकास गर्नलाई उचित वातावरण तयार पार्न प्रयत्नशील रहने ।

(ग) श्री शैलपूत्री उच्च माध्यमिक बिद्यालयसँग सुमधुर सम्बन्ध कायम गरी सद्भावना अभिवृद्घि गर्दै आवश्यकता अनुसार सहयोग आदान-प्रदान गर्ने ।

(घ) समाज उत्थानका लागि विभिन्न सामाजिक सेवाहरुमा संलग्न रही समयानुकूल कार्यक्रमहरु सञ्चालन गर्ने गराउने ।

(ङ) देशका विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय समस्याहरु सुल्झाउन सक्दो योगदान गर्ने ।

(च) दैवी प्रकोपमा परेका तथा असहाय एवं निःसहाय व्यक्तिहरुलाई सहयोग गर्ने ।

(छ) समान उद्देश्य प्राप्तिका लागि अन्य संघ संस्थाहरुसँग सहयोग आदान-प्रदान गर्ने ।

(ज)समयानुकूल यस (संगठन) समाजले आफ्ना उद्देश्यहरु परिमार्जित गर्नेछ ।

(२)राजनैतिक नीति

(क) यस समाजले राजनैतिक तटस्थता अङ्गाल्नेछ र सदा सर्वदा राजनीतिबाट अलग र चोखो रहनेछ ।

(३) धार्मिक नीति

(क) यस समाजले धार्मिक सहिष्णुता तथा सह-अस्तित्वको कदर गर्दै जातीय भेदभाव तथा रंगभेद नीतिलाई सदा सर्वदा वर्जित गर्नेछ ।

हालसालै सदस्यता ग्रहण गर्नुहुने अन्तिम १० आजीवन सदस्यहरु

तपाईं अझै SPAA स्पाको सदस्य बन्नु भएको छैन !!!

हामी हाम्रा सबै पूर्व विद्यार्थीहरूलाई सूचीबद्ध गर्ने प्रयास गर्दैछौं। हामी हाम्रा सबै पूर्व विद्यार्थीहरूलाई सदस्य बन्न अपील गर्दछौं।

सदस्य बन्नुहोस्